Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > बाख्राको मासु बेच्ने ब्यापारीलाई महानगरपालिकाको माछामासु निर्देशिका अनुसार कारबाही गरिने

बाख्राको मासु बेच्ने ब्यापारीलाई महानगरपालिकाको माछामासु निर्देशिका अनुसार कारबाही गरिने

बिराटनगर २३ असोज
विराटनगरस्थित गुद्री बजारमा बाख्राको मासु बेच्ने ब्यापारीलाई महानगरपालिकाको माछामासु निर्देशिका अनुसार कारबाही गरिने भएको छ । विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीको नेतृत्वमा बुधबार गरिएको अनुगमनको क्रममा गुद्री बजारका ५ वटा पसलहरुमा शिलबन्दी गरिएको थियो । उक्त पसलका ब्यापारीहरुले बाख्रा काटेर विक्री वितरण गरिरहेको पाइएपछि अनुगमन टोलीले पसलमा शिलबन्दी गरेको थियो । ती पसलधनीहरुले बाख्राको जनेन्द्रिय काटेर खसीको आकार दिएर उपभोक्तालाई झुक्याइरहेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । छड्के अनुगमनमा परेका ५ मध्ये ४ वटा पसलका व्यापारीहरु मासु लुकाएर पसल खुल्लै छाडेर भागेका थिए भने बाख्रा काट्ने सबै पसलहरु तत्कालै बन्द गरी व्यापारीहरु भागेका थिए । भागेका व्यापारीहरुको पहिचान भइसकेको र उनीहरुलाई पत्र काटेर स्पष्टीकरण सोधी कारबाही अघि बढाइने विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताउनुभयो । महानगरपालिकाको माछामासु निर्देशिका अनुसार कारवाही गरिने उहाँले बताउनुभयो । ब्यापारीहरुले खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेचिरहेको गुनासोपछि उपमेयर कार्कीको नेतृत्वमा त्यहाँ अनुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *