Thursday, November 21, 2024
Home > विराटनगर समाचार > ८ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै चौतारी मोरङको साधारण सभा सम्पन्न

८ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै चौतारी मोरङको साधारण सभा सम्पन्न

विराटनगर, ११ जेठ । प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी सम्मानीत हुनुभएको छ । प्रेस चौतारी नेपाल मोरङको बार्षिक साधारण सभाको अवसरमा विराटनगरमा पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको हो । सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले राजनीतिक अस्थिरताका कारण अहिले सबै क्षेत्रमा चुनौति बढेको बताउनुभयो । नेपाल पत्रकार महासंघले सदस्य सुदृढीकरण गर्ने अभियानलाई प्रेस चौतारी नेपालले सहयोग गर्ने केन्द्रीय अध्यक्ष गणेश वस्नेतले बताउनुभयो ।

नेपाल प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार श्रेष्ठ, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य, नेपाल पत्रकार महसंघ मोरङका अध्यक्ष सन्जिव खनाल लगायतले पुरस्कृत व्यक्तित्व पत्रकार अधिकारीलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो । साधारणसभा ८ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको चौतारी मोरङका सचिव शशांक पौडेलले बताउनुभयो । नेपाल पत्रकार महांघको सदस्यता शुद्धिकरण र सदस्यता वितरण निष्पक्ष रुपमा गर्न माग गरेको चौतारी मोरङले श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा र संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेको छ । यस्तै घोषणापत्रमा स्वरोजगार मिडियाहरूको संरक्षण सम्बर्द्धनमा लाग्न सरकारसँग माग गर्दै साधारणसभाले प्रदेशको नामकरण गरि कोशी प्रदेश राखेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेश सरकार र प्रदेशसभाका सांसदहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *