Saturday, January 18, 2025
Home > आर्थिक समाचार > १७ खर्ब ५१ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक

१७ खर्ब ५१ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको सार्वजनिक सार्वजनिक गरेको छ । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्नुभएको हो । सरकारकातर्फबाट बजेट प्रस्तुत गर्दै मन्त्री महतले ढुङ्गा र गिट्टी निर्यात गर्ने घोषणा गर्नु भयो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ढुङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरेका छन् । वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने उहाँको भनाई छ । यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री महतले बताउनुभयो । खर्च कटौति गर्न सरकारले सबै प्रकारका भत्ता खारेज गरेको घोषणा गरेको छ । यस्तै गाडी सुविधाको सट्टा नगद दिइने र उस्तै प्रकृतिका, उपयोगिता समाप्त भएका लगायतका गरि २० वटा संस्था खारेज गर्ने सरकारले निर्णय गरेको उहाँले बताउनुभयो ।

यसैगरी सरकारले अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) को परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरु पनि सहभागी हुन पाउने कानुनी व्यवस्था गर्ने भएको छ । बजेटमार्फत सरकारले सन् २०२३ – २०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा गरेको छ । मन्त्री महतले जग्गाको कित्ताकाट फुकुवा गरेको उल्लेख गर्नुभयो । यस्तै सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुविधा लिन सकिने बजेटमा उल्लेख छ । सरकारले यसवर्ष सामाजिक सुरक्षा भत्ता यथावत राखेको छ । ज्येष्ठ नागरिकले पाउँदै आएको ४ हजार रुपैयाँ नै निरन्तरता दिइने बजेटमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *