काठमाडौं, १० जेठ । लगातार बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भई आज १ हजार ९ सय ५९ दशमलव ४९ विन्दूमा पुगेको छ । पछिल्लो एक सातादेखि लगातार उकालो लागेको नेप्से आज पनि निरन्तरता पाएको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ । आज कारोबारमा आएका २७० कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्से परिसूचक बढेपनि बुधवार कारोबार रकम भने सामान्य घटेको छ । मंगलवारको कारोबारमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमू्ह उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.६९ प्रतिशत, होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिव साढे ४ प्रतिशत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर यता फाइनान्स,जलविद्युत र मेच्यण्ड फण्ड उपसूचको भने घटेको छ । बुधवार नेप्से परिसूच बढेसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।