Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सेनाको संख्या घटाउने कुरा अपमान बाहेक केही हैन : बामदेव गौतम

सेनाको संख्या घटाउने कुरा अपमान बाहेक केही हैन : बामदेव गौतम

 

काठमाडौं, ४ साउन ।  राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गर्नु भयो । बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गर्नु भयो । त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमले तर्क समेत गर्नु भयो ।

उहाँले गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताउनु भयो । त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । यो सेनाको इतिहास एक पटक म दोहो¥याउन चाहन्छु । आजको नेपाली सेनाको स्थापना झण्डै २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहले स्थापना गरेका थिए । त्यो सेनाले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेल्यो । सन् १८१४मा नेपालमाथि अग्रेज साम्राज्यवादको एकैचोटी नौं ठाउँबाट आक्रमण भयो । दुई वर्षसम्म लड्यो नेपाली सेना । नेपाली जनताको साथ लिएर लडेको हो र, हार्न त प¥यो । तर नेपाल जिउँदो राखेर, केही भूमि छोडेर नेपाली सेनाले नेपाललाई जोगायो । ’

सांसद गौतमले पार्टीको केन्द्रीय कार्य समिति बैठक लाईभ गरेको भन्दै काँग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिष्ट पार्टीहरुले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने धारणा समेत राख्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *