Sunday, November 24, 2024
Home > मुख्य समाचार > सुनकाण्डको दोषि जो भएपनि छोडिन्न : गृहमन्त्री श्रेष्ठ

सुनकाण्डको दोषि जो भएपनि छोडिन्न : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जो कोहीलाई पनि कारबाही हुने बताउनु भएको छ ।

आज बिहान विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उहाँले सो चेतावनी दिनु भएको हो । सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ नि ? भन्ने संचारकर्मीहरुको प्रश्नमा उहाँले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्विकार गर्दै आईन्दा त्यस्तो अवस्था आउन नदिने दृढता समेत व्यक्त गर्नु भयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पु¥याएरै छाडने समेत दोेहो¥याउनु भयो । आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उहाँको जिकिर थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानविन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानविनको काम गर्ने र त्यसमा सघाउ पु¥याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *