Saturday, January 18, 2025
Home > खेलकुद समाचार > साफ च्याम्पियनशिप : १० वर्षपछि भारतलाई हराउने अवसर

साफ च्याम्पियनशिप : १० वर्षपछि भारतलाई हराउने अवसर

विराटनगर, ९ असार । नेपालको पुरुष फुटबल टिमले १ दशकपछि भारतलाई हराउने अवसर आएको छ ।भारतको बैंलोरमा जारी साफ च्याम्पियनशिप प्रतियोगिता अन्र्तगत आजको खेलमा भारतबिरुद्ध नेपालको खेल हुँदै छ । सन् २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारतलाई २–१ ले पराजित गरेको थियो । तर त्यसपछि नेपालले भारतलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिपमै २०१५ र २०२१ मा गरी नेपालले भारतसँग अरु तीन खेल खेलिसक्दा तीनवटै खेलमा पराजित भएको छ । भारतविरुद्ध नेपाल २०१३ को जितपछि १० खेलमा जितविहीन छ । त्यसयता सात खेलमा नेपाल भारतसँग पराजित भएको छ । ३ खेल मात्र बराबरी गर्न सकेको छ । आज बेलुकी साढे ७ बजे श्री कान्तिरवा स्टेडियममा सुरु हुने खेलमा नेपाल जितकै लक्ष्यका साथ मैदान उत्रनेछ । भारत पछिल्लो सात खेलमा अपराजित छ । सातै खेलमा भारतले गोल खाएको छैन । जारी साफमा नेपाल पहिलो खेलमै कुवेतसँग ३ –१ ले पराजित भइसकेको छ । उता भारतले पहिलो खेलमा सुनिल क्षेत्रीको ह्याट्रिकमा पाकिस्तानलाई ४–० ले हरायो । नेपालका नयाँ प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस पहिलो पटक साफको अनुभव लिइरहेका छन् । तर उनलाई भारतीय फुटबलमा तीन वर्ष बिताएको अनुभव भने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *