Saturday, January 18, 2025
Home > मुख्य समाचार > सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो, संसद ५ गतेसम्मलाई स्थगित

सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो, संसद ५ गतेसम्मलाई स्थगित

काठमाडौं, ३ भदौ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

१० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाउनुभएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो । सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले बताउनुभयो । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा प्रतिनिधि सभाको बैठक भदौ ५ गतेलाई सारिएको छ । आज बसेको सर्वदलीय बैठकमा सहमति नभएपछि प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई बैठक सार्न आग्रह गर्नुभएको थियो । उहाँको आग्रपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक भदौ ५ गते ३ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *