Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन : अध्यक्ष ओली

सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताउनुभएको छ । सोमवार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार कहिल्यै पनि स्थायी नहुने बताउनु भयो । उहाँले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताउनु भयो । उहाँले नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला सरकारको बारेमा भनिरहनु आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा अहिलेको सरकारलाई म भन्नेछु । अहिलेको सरकारले पनि तपाईहरुको कुरा सुन्नुपर्छ । सरकार भनेको कुनै पर्मानेन्ट हुँदैन । फेरि मैले सरकारको बारेमा खालि सेन्सरसिपको बारेमा मात्रै भनेको हो, अरु होइन । सरकारको बारेमा मलाई अहिले कमेण्ट गर्नु छैन । फेरि दशैँको आज द्वितीयाको दिन । नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु । भनिरहनुपर्ने आवश्यकता नै छैन ।’

अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभइ रमाउनु पनि राजनीति रहेको बताउनु भयो । उहाँले जिन्दगीको एउटा मात्रै रङ र आयाम नहुने बताउनु भयो । उहाँले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफूलाई धेरै मन पर्ने कलाकार भएको बताउनु भयो । अध्यक्ष ओलीले सेन्सर बोर्डले चलचित्र देशको अहीत हुने, साम्प्रदायिक विद्वेष भड्काउने खालका छन् भनेमात्र रोक्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *