विराटनगर, १४ जेठ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा परेको गुनसो गर्नुभएको छ । मकालु टिभिसँगको कुराकानीमा उहाँले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताउनुभएको हो ।
आज पहिचान पक्षधर आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए । प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्याँसका कारण स्वास्थ्य मन्त्रालयमा समेत बस्न नमिल्ने भएको मन्त्री लिम्बुले बताउनुभयो । उहाँले सरकारले गोली ठोक्ने र आन्दोलनकारीले ढुंगामुढा गरेको भन्दै केही भएमा कस्ले जिम्मा लिन्छ भन्दै प्रश्न गर्नुभयो । प्रहरीले स्वास्थ्य मन्त्रालय र आपूर्ति केन्द्रमा प्रहार गरेको अश्रुग्याँसले असर गरेको बताउँदै उनले सुरक्षाको गर्नुभएको हो ।