विराटनगर, भदौ २५ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठन सम्बन्धी संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानमा भएको सरकार गठनबारेको तहगत व्यवस्था नै त्रुटिपूर्ण रहेको बताउनुभएको हो । यादवले आफूहरूले बारम्बार संविधान संसोधन गरेर कमी कमजोरी सच्याउन माग गरिरहेको बताए । उनले संसदीय प्रणाली अनुसार बहुमत हुनेले सरकार चलाउने र बहुमत नपुग्ने प्रतिपक्षमा बस्ने हो । कसैको बहुमत नपुगे संसद विघटन भएर तजा जनादेशमा जाने हो । तर, संविधानमा बहुमत नपुगे पनि सरकारको नेतृत्व गर्न पाउने विभिन्न तहगत चरण पार गरेर मात्रै संसद विघटन हुने व्यवस्था त्रुटिपूर्ण रहेको उहाँको भनाई छ ।
यादवले संविधान संसोधन गरेर शासकिय स्वरुप, निर्वाचन प्रणाली र संसदीय संरचनामा फेरवदल नगरेसम्म समस्या आइरहने बताउनुभयो ।