विराटनगर, १२ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको दाबी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले शुक्रबार साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र बहुमतको सरकारका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो । उनले संविधानको धारा १६८ कोउपधारा (२) बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो । सर्वाेच्च अदालतले भने सरकार गठनका लागि दाबी पेस गर्ने समय १७ गतेसम्म दिएको छ । प्रदेश प्रमुख खापुङले सर्वाेच्चले दिएको समय भन्दा एक दिन अघिकै समय दिनुभएको हो ।