Saturday, January 18, 2025
Home > मुख्य समाचार > संविधान सभाका अध्यक्ष नेम्बाङको शोकमा सार्वजनिक विदा र झण्डा झुकाइने

संविधान सभाका अध्यक्ष नेम्बाङको शोकमा सार्वजनिक विदा र झण्डा झुकाइने

काठमाडौं, २६ भदौ । सरकारले संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबरमा बसेको मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले उहाँको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय भएको बताउनु भयो । अन्तिम संस्कार गर्ने दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भन्ने निर्णय भएको उहाँले बताउनु भयो । उहाँले निर्वाह गर्नुभएको भुमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै स्व. नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसाथ गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास सरकारको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान सभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधि सभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस दुखद् घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ । नेपालको संविधान निर्माण र जारी गर्नका लागि उहाँले निर्वाह गर्नुभएको भुमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै स्व. नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसाथ गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास सरकारको रहेको छ । दिवंगत उहाँको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने । उहाँको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भन्ने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *