Thursday, November 21, 2024
Home > विराटनगर समाचार > विराटनगरमा खानेपानी सुधार आयोजना छिट्टै कार्यान्वयनमा आउने

विराटनगरमा खानेपानी सुधार आयोजना छिट्टै कार्यान्वयनमा आउने

विराटनगर, ३० जेठ । विराटनगरमा खानेपानी सुधार आयोजना छिट्टै कार्यान्वयन आउने भएको छ । जापान सरकारको दुई अर्ब सात करोड अनुदान सहयोगमा जाइकाले निर्माण गर्ने आयोजनाका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ । आयोजनाको कामलाई प्रभावकारी बनाउन जाइकाको र नेपाल खानेपानी संस्थाको टोलीले आज महानगरपालिकाका मेयर नागेश कोइरालासित छलफल गरेको छ । टोलीले मेयर कोइरालासित जग्गा प्राप्ति र पाइप लाइनसम्बन्धी छलफल गरेको थियो । सो अवसरमा मेयर कोइरालाले महानगरपालिकाका तर्फबाट आयोजनाको काम समयमै सम्पन्न गर्नका लागि जाइकालाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ । सो अवसरमा जाइकाका प्रतिनिधि आलेप पौड्यालले कोभिड–१९ का कारण आयोजना सञ्चालनका लागि केही ढिलो भए पनि अब प्रक्रियागत रुपमा कामले गति लिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *