विराटनगर, ५ जेठ । टीकापुर घटनामा दोषी ठहराई जन्मकैदको सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई बिनाशर्त रिहाई गर्न माग गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै चौधरीलाई बिनाशर्त रिहाई गर्न माग गरेको हो । कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहराई ७ वर्ष देखि जेल जीवन भोगी रहेको चौधरीलाई जेठ दुई गते सर्बोच्च अदालतले जन्मकैदको अन्तिम फैसला सुनाएको थियो ।
कैलाली टिकापुर घटनाको छानबिनको लागि सरकारले बनाएको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नु पर्ने माग पार्टीले अघि सारेको छ । पार्टीका कोशी प्रदेश संयोजक जीवन धामि चौधरीले रेशमलाई बिनाशर्त रिहाई नगरे कडा आन्दोलनमा जाने चेतावनी दिनु भयो । पार्टीले लाल आयोगको प्रतिबेदन सार्वजनिक गरि कार्यान्वयन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । पार्टीले भोलीदेखि थप आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ ।