Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले) मा फर्कन तयार

राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले) मा फर्कन तयार

राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार हुनु भएको छ । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निणर्य गरेलगत्तै उहाँले बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनु भएको हो । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसक्नु भएका गौतमको सर्त छ । उहाँले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताउनु भयो । उहाँले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताउनु भयो । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताउनु भयो । यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भयो । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने बामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि भनि प्रश्न गरेका थिए । ओलीले अव थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनु भयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनु भयो । ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *