Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > मलेसियामा नेपाल एयरलाइन्सको उडान डिलेबारे छानबिन हुने

मलेसियामा नेपाल एयरलाइन्सको उडान डिलेबारे छानबिन हुने

काठमाडौं, २ साउन । नेपाल एयरलाइन्सको क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा उडान डिले भएको घटनाको छानबिन हुने भएको छ । घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।निगमको आरए ४ सय २२ उडान भर्नु अगाडी ९ एन–एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो । अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ । कम्पनीले उडान ढिला भएकोप्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने प्रतिबद्धता जनाएको छ ।

चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टाभन्दा बढी रोकिएको थियो । विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *