Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > भ्रष्टाचारको मुद्धामा अनुसन्धान प्रभावित गर्ने गरि रोष्टमबाट बयान नदिन काँग्रेस महामन्त्री शर्माको आग्रह

भ्रष्टाचारको मुद्धामा अनुसन्धान प्रभावित गर्ने गरि रोष्टमबाट बयान नदिन काँग्रेस महामन्त्री शर्माको आग्रह

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु नहुने बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउनु भयो ।

उहाँले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सकेपनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने बताउनु भयो । उहाँले काँग्रेसका नेताहरु यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहेको भन्दै काँग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गर्नुभयो । उहाँले मुद्दामा परेका कसैलाई पनि काँग्रेसले रोष्टममा उभिएर निर्दोष नभनेको दाबी गर्नुभयो । महामन्त्री शर्माले समुन्नतिको केन्द्रमा नागरिकलाई राखेर अघि बढ्ने हो भने देश विकास हुन समय नलाग्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *