Saturday, January 18, 2025
Home > मुख्य समाचार > भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता भएकाह ११ जनाको पहिचान खुल्यो

भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता भएकाह ११ जनाको पहिचान खुल्यो

उत्तराखण्ड, २१ साउन । भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका जुम्लाका ११ जनाको परिचय खुलेको छ ।

एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो । बेपत्ता हुनेमा पातारासी–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय अमर बोहोरा, बोहोराकी श्रीमती अनिता बोहोरा, छोरी सलिता, पिंकी, प्रिति, छोराहरु जटिल, र ओकिल बेपत्ता भएका छन् । यस्तै पातारासी–३ का ३८ वर्षीय बम बोहोरा र ४६ वर्षीय सुकराम रावत रहेका छन् । पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको हिजो शनिवार पहिचान खुलेको थियो । बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *