Thursday, November 21, 2024
Home > खेलकुद समाचार > भलिबलका कप्तान बर्खास्त

भलिबलका कप्तान बर्खास्त

काठमाडौं, ३१ असार । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।

सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले हरिलाई कप्तानबाट हटाएको संघले जनाएको छ । थापा आर्मी क्लबका खेलाडी पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *