Saturday, January 18, 2025
Home > मुख्य समाचार > बोवाओ फोरम नजाने निर्णय नेपालले नगरेको प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

बोवाओ फोरम नजाने निर्णय नेपालले नगरेको प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पार्नुभएको छ ।
आज राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदुतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताउनु भयो ।

उहाँले समय, परिस्थिति अनुसार छिमेकी देशहरुको भ्रमण गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताउनु भयो । प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्नेपनि बताउनु भयो । प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने वा चीन भन्ने कुनै संवैधानिक र कानुनी बाध्यता नभएको भन्दै प्रधानमन्त्री दाहालले समय र परिस्थिति अनुसार सरकारले निर्णय गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *