Saturday, January 18, 2025
Home > आर्थिक समाचार > बीमा क्षेत्रलाई प्रभावकारी बनाउन संस्थागत क्षमताअभिवृद्धि गर्न आवश्यक : अर्थमन्त्री महत

बीमा क्षेत्रलाई प्रभावकारी बनाउन संस्थागत क्षमताअभिवृद्धि गर्न आवश्यक : अर्थमन्त्री महत

काठमाडौं, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । हिजो काठमाडौंमा भएको एसियन इन्स्योरेन्स मिट २०२३ लाई सम्बोधन गदै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालको बीमा क्षेत्रलाई सुुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको बीमा ब्रोकरहरूले ग्राहकहरूलाई उनीहरूले सामना गर्ने जोखिमहरू र तिनीहरूलाई न्युनिकरण गर्न उपलब्ध बीमाबारे शिक्षित गर्न नसकेको भन्दै नियामक निकाय र बीमा बजारको संस्थागत क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग समेत सहयोगको आह्वान गर्नुभयो ।

मन्त्री महतले डिजिटल प्लेटफर्महरू अँगालेर र प्रविधिको फाइदा उठाउँदै ब्रोकरहरूलाई फराकिलो रुपमा ग्राहकहरूमा पुग्न र निजीकृत प्रदान गर्न सक्षम बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बीमा क्षेत्रमा लचिलोपन निर्माण गर्न सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक रहेको पनि बताउनु भयो । उहाँले बीमा उद्योगले आम नागरिकहरूको हीतको संरक्षण मात्र गर्ने नभइ राष्ट्रहरूको दिगो विकासमा पनि योगदान पु¥याउने बताउनु भयो । उहाँले एसियाली महाद्वीपले तिब्र आर्थिक रूपान्तरणको साक्षी दिइरहेको अवस्थामा बीमा उद्योगले विकासशील परिदृश्यलाई अनुकुल बनाउन र जोखिमहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुनर्बीमा र दलालहरूले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन हात मिलाएर काम गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *