Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > बारा दुर्घटनाका मृतकको पहिचान खुल्यो

बारा दुर्घटनाका मृतकको पहिचान खुल्यो

बारा, ७ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा भएको बस दुर्घटनामा मृतकहरुको पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७ वर्षीया वैजन्ती देवी र महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित रहेका छन् । पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुरका लागि छुटेको तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाईमा दुर्घटनामा परेको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनमा रहेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *