Saturday, January 18, 2025
Home > मुख्य समाचार > बाढीपहिरो पीडितलाई राहत र उद्धार युद्धस्तरमा गर्न प्रधानमन्त्रीको निर्देशन

बाढीपहिरो पीडितलाई राहत र उद्धार युद्धस्तरमा गर्न प्रधानमन्त्रीको निर्देशन

संखुवासभा, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी र पहिरो पिडितको युद्धस्तरमा उद्धार र राहतको काम गर्ने बताउनु भएको छ । उहाँले बाढी र पहिरोले ठुलो क्षति भएकाले उद्धार र राहतको काममा सरकारको उच्च प्राथमिकता रहेको बताउनु भयो । आज सेनाको हेलिकप्टरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत जनप्रतिनिधिसहित बाढीग्रस्त क्षेत्र संखुवासभा पुग्नु भएका प्रधानमन्त्री दाहालले बाढी र पहिराले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा ठुलो क्षति पुर्याएको उल्लेख गदै बाढी पहिरो प्रभावित र विस्थापितलाई तत्काल स्थानान्तरण र पुनस्थापन गर्ने सरकारको ध्यान केन्द्रित रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले बाढी पहिरोले बगाएको पक्की पुलमा तत्कालै बेलिब्रिज बनाएर आवतजावतलाई सहज बनाउने बताउनु भयो । बाढि पहिरो प्रभावितका लागि सहयोगमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै तीनै जिल्लामा भएको क्षतिको विवरण हेरेपछि नयाँ कार्यक्रम ल्याउने प्रधानमन्त्री दाहालको भनाई थियो । संखुवासभामा बाढी पहिरोले पुर्याएको क्षतिको बारेमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी गराउनु भएको थियो । संखुवासभामा अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी अहिले सम्म २ जनाको मृत्य भएको छ । २० जना सम्पर्कविहिन छन् । बाढी पहिरोले लाखौँ रुपैयाँ बराबरको भौतिक संरचनाको क्षति पुगेको छ । सम्पर्कविहिनको खोजि भई रहेको प्रहरी नायव उपरिक्षक वीरेन्द्र गोदारले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *