Saturday, January 18, 2025
Home > मुख्य समाचार > बजेट राष्ट्रिय आकांक्षाबाट विमुख भयो : अध्यक्ष केपी ओली

बजेट राष्ट्रिय आकांक्षाबाट विमुख भयो : अध्यक्ष केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताउनु भएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाई थियो । आज प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दावी समेत गर्नु भयो । बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उहाँले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताउनु भयो । त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिनु भयो । अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अजिंगरसँग तुलना समेत गर्नु भयो । सुतेर बसेको अझिंगरले जस्तो बजेटमा भन्सारबाट आउँला र खाउँला भन्ने आशामात्रै रहेको ओलीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *