Tuesday, December 03, 2024
Home > आर्थिक समाचार > बजेट अपेक्षाकृत नभएको विराटनगरका उद्योगीको भनाइ

बजेट अपेक्षाकृत नभएको विराटनगरका उद्योगीको भनाइ

विराटनगर, १६ जेठ । उद्योगी व्यवसायीहरुले अपेक्षा गरेजस्तो बजेट नआएको विराटनगरका उद्योगीहरुले बताएका छन् । हिजो प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुभएको थियो । हिजो प्रस्तुत बजेटबारे प्रतिक्रिया दिंदै बजेटबाट धेरै आशावादी हुने ठाँउ नदेखिएको उनीहरुको भनाइ छ । बजेटका विषयमा प्रतिकृया दिँदै उनीहरुले विराटनगरका विषयलाई नछोएको र महिला उद्यमीका विषयमा समेत बजेटले केही नबोलेको बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाली उद्योगका उत्पादनलाई प्राथमिकता दिने लगायतका विषय भने राम्रा रहेको बताउनुभयो । तर विराटनगर विमानस्थल लगायत औधोगित क्षेत्रका विषयमा बजेटले केही नबोलेको बताउनुभयो । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले कम्पनी दर्ता लगायतका विषयमा भने राम्रो रहेको बताउनुभयो । उद्योग संगठन मोरङकी सदस्य प्रतिमा रिजाल ओलीले महिला उद्यमीहरुका लागि बजेटले केही नसमेटेको बताउनुभयो । त्यस्तै उद्योग संगठन मोरङका कोषाध्यक्ष सुवोध कोइरालाले कोशी प्रदेशलाई बजेटले खासै समेट्न नसकेको बताउनुभयो । उद्योगीहरुले करका दर हेरफेरका विषयमा भने यसको पूर्ण पाठ हेर्न बाँकी रहेको भन्दै त्यसमा केही अपेक्षा गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *