Saturday, January 18, 2025
Home > आर्थिक समाचार > प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भोजपुरमा बजार अनुगमन

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भोजपुरमा बजार अनुगमन

भोजपुर, ११ जेठ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे सहितको टोलीले दिङलाका पसलहरुको अनुगमन गरेको छ ।

भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङला बजारमा रहेका पसलहरुको प्रजिअ सहितको टोलीले अनुगमन गर्दे म्याद सकिएका सामाग्रीहरु बरामद गरेको हो । प्रमुख जिल्ला अधिकारी घिमिर, भोजपुरका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्री, इलाका प्रशासन दिङलाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार भण्डारी, नगरपालिकाका प्रतिनिधी, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधी सहितको टोलीले दिङला क्षेत्रका १० वटा पसलहरुको अनुगमन गरेको छ ।

खाद्य तथा किराना पसलहरुमा गरिएको अनुगमनका क्रममा १५ हजार बरावरको म्याद सकिएका सामाग्रीहरु जफत गरि नष्ट गरिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै खुलारुपमा बिक्रीका लागि राखिएको २७ बोतल पेट्रोल, डिजेल पनि जफत गरिएको टोलीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *