Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रधानमन्त्री दाहालको भारत भ्रमण नेपाल भारतबीच ७ सम्झौता

प्रधानमन्त्री दाहालको भारत भ्रमण नेपाल भारतबीच ७ सम्झौता

विराटनगर, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सातवटा सम्झौता भएका छन् ।
नेपाल र भारतको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि ती सम्झौता भएका हुन् । दुई देशबीच क्रस बोर्डर डिजिटल पेमेन्ट, पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई भारतको सिलगुडीदेखि नेपालको झापासम्म निर्माण गर्ने लगायतका मुख्य संझौता भएका छन् । प्रतिनिधिमण्डल स्तरीय वार्तापछि प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो जानकारी लिइएको हो । तल्लो अरुण जलबिद्युत आयोजनाबाट भारतीय कम्पनीले नेपाललाई बिजुली दिने सम्झौता समेत भएको छ ।

सम्झौतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताउनुभएको छ । नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको भन्दै उहाँले सीमा विवाद पनि यही भावनाका साथ समाधान हुने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताउनुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्न छलफल अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्री दाहालले मल उद्योग खोल्ने प्रोजेक्टलाई सफल बनाउन नेपालबाट आवश्यक सहयोग हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *