काठमाडौं, २० असार । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । आज प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमान माथि आघात पु¥याएको भन्दै राजीनामाको माग गरेको हो ।
प्रधामन्त्री दाहालले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्ति दिएपछि सो अभिव्यक्तिको बिरोधमा एमाले लगायतका प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको छ । संसदमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक अगाडी बढाउन नदिने बताउनु भयो । एमालेको अवरोधका कारण संसद बैठक आधि घण्टाको लागि स्थगित भएको छ ।