Saturday, January 18, 2025
Home > आर्थिक समाचार > प्रदेश सरकार नीजि क्षेत्रको साथमा छ : मुख्यमन्त्री कार्की

प्रदेश सरकार नीजि क्षेत्रको साथमा छ : मुख्यमन्त्री कार्की

विराटनगर, १३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित पादधिकारीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले कोशी प्रदेश सरकार सँधै नीजि क्षेत्रको साथमा रहेको बताउनुभएको हो । प्रदेश सरकार आफ्नो कार्यक्षत्र भित्र रहेर स्थानिय र संघ सरकारसँग समन्वय गर्न सँधै तत्पर रहने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गनुृभयो । मुख्यमन्त्री कार्कीले विराटनगरका उद्योगी व्यवसायीले बषौंदेखि उठाउँदै आएका मुद्दाहरूका विषयमा आफू जानकार रहेको र ती मुद्दाहरूको सम्बोधनका लागि प्रदेश सरकारका तर्फबाट पहल गर्ने स्पष्ट पार्नुभयो । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले भएका उद्योगीलाई संरक्षण गर्न नसके उद्योग क्षेत्रमा नयाँ उद्यामीहरू प्रवेश नगर्ने बताउनुभयो । उहाँले भएका उद्योगको संरक्षण गर्ने र नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । सिटौलालले प्रदेश सरकारले कृषिलाई उत्पादनसँग, उद्योगलाई प्रशोधनसँग र सहकारीलाई बितरणसँग जोड्ने नीतिगत व्यवस्था गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उर्जा संकट, बैंकिङ समस्यालगायतका समस्या र विश्वव्यापी आर्थिक मन्दीमा पनि उद्योग सञ्चालन गरिरहेकोमा उद्योगीहरूको प्रशंसा गर्नुभयो । कोइरालाले विराटनगरको आइसीपी सम्म रेल सेवा सञ्चालनको तयारी भइरहेकाले लामो समयदेखि उद्योगीहरूले उठाउँदै आएको एउटा माग सम्बोधन भएको बताउनुभयो । उहाँले सुनसरीको अवरडुवा स्थित औद्योगिक क्षेत्र, रिङ रोड निर्माण, औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि बजेटको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज कटुवाल, मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल उद्योग बाणिज्य महासंघ कोशीका कार्यबहाक अध्यक्ष भीम पौडेल, नेपाल उद्योग परि संघ कोशीका अध्यक्ष भीम घिमिरेलगायतले विद्युत संकट, आर्थिक संकट, राष्ट्रबैैंकले लिएको गलत नीतिलगायतका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको धारणा राख्नुभयो । नव निर्वाचित अध्यक्ष राकेश सुरानालाई निर्वाचन समितिका संयोजक सुर्य विमलीले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो । यस्तै अन्य पदाधिकारीहरूलाई नव निर्वाचित अध्यक्ष सुयस प्याकुरेलले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *