Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > प्रदेश प्रमुख खापुङद्वारा बजेट अधिवेशन आव्हान

प्रदेश प्रमुख खापुङद्वारा बजेट अधिवेशन आव्हान

विराटनगर, ९ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश प्रमुख खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आइतबार दिनको २ बजेलाई आह्वान गर्नुभएको जानकारी दिएको हो ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रदेस सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो । वैठक स्थगित भएकै अवस्थामा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो । कोशी नामाकरण पछि पहिचानवादीहरूले कोशी नामको विरुद्ध आन्दोलन चर्काएका थिए । पहिचानवादीहरूले राजधानी विराटनगर र प्रदेशसभा लक्षित आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *