Saturday, January 18, 2025
Home > आर्थिक समाचार > प्याजमा लगाएको भ्याट अव्यवहारिक

प्याजमा लगाएको भ्याट अव्यवहारिक

काठमाडौं, २९ जेठ । नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषिउपज आलु तथ प्याज आायत निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रश्तुत भएको आर्थिक ऐन, २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकुल असर पर्ने बताउनु भयो ।

उहाँले देशमा महंगी बढीरहेको बेलामा आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको जिकिर गर्नुभयो । यस्तो नीतिले व्यवसाय संकुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु प्याज एक तिहाईले महंगिने बताउनु भयो । संघले आलु तथा प्याजको कारोबारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यवहारिक, अनावश्यक, अन्यायपूर्ण र महंगीलाई मलजल गर्ने भएकाले आर्थिक ऐन, २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हीतबिरोधी काम नगर्न सरकारस्ँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *