Saturday, January 18, 2025
Home > मुख्य समाचार > पहिचानवादीहरुको आन्दोलन नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्याँस प्रहार

पहिचानवादीहरुको आन्दोलन नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्याँस प्रहार

विराटनगर, १४ जेठ । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरु निशेधित क्षेत्र तोड्न खोज्दा प्रदेश सभा भवनअगाडि प्रहरीसँग झडप भएको छ । ब्यारिकेट तोडेर प्रदेश सभा भवनतर्फ पहिचावादीहरु प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । आज प्रदेश अधिवेशन सुरु हुन लाग्दा पहिचानवादीहरु विराटनगरमा भेला भएर प्रदर्शन गरिरहेका छन् । उनीहरुले कोशी प्रदेशको स्वस्थ्य मन्त्रालयमा तोडफोड गरेका छन् । यसैबीच प्रहरीले ३० जना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ । किराँत राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि पक्राउ गरेको हो । यसअघि बिहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । कोशी प्रदेशको बजेट अधिवेशन आजलाई बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *