Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > पंखा नहुँदा रुखको छहारीमा पढाइ

पंखा नहुँदा रुखको छहारीमा पढाइ

विराटनगर, २१ जेठ । कटहरी गाउँपालिकाको भौंडाहास्थित सुन्दर आधारभुत विद्यालयको कक्षा कोठामा पंखा नभएका कारण विद्यार्थीहरु रुखको छाहारीमा बसेर पढन बाध्य छन् । गर्मी बढदै गएको र कक्षा कोठाहरुमा पंखा नभएका कारण कटहरी ५ को भौडाहास्थित सुन्दर आधारभुत विद्यालयका विद्यार्थी रुखको छाहारीमा बसेर अध्ययन गर्नु परेको हो । एक त टिनको छानो त्यसमाथि चर्को गर्मीले आक्रान्त भएपछि बाध्यताबस विद्यार्थीलाई चौरमा बसाएर पठनपाठन गराउनु परेको विद्यालयले जनाएको छ । अत्यधिक गर्मी भएको विद्यालय प्रांगणमै पुर्वतर्फ रहेको रुखको मुनि बसाएर विद्यार्थीलाई पढाउने गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक कल्याण दाहालले बाहिरबाट हेर्दा भौतिक संरचना राम्रो भएपनि भौतिक सुविधाहरुको अभावले समस्या झेल्नुपरिरहेको बताउनुभएको छ । उहाँले गर्मी अति नै बढेपछि विद्यार्थीलाई रुखको छाहारीमा अध्ययन गराउनुपरेको बताउनुभयो । भौडाहाको यस विद्यालयमा १३ शिक्षक र ३ सय ५१ जना विद्यार्थी अध्ययनरत छन । कटहरीका अन्य विद्यालयहरुका कक्षा कोठाहरुमा समेत पंखा सहितका भौतिक सुविधाहरुको अभाव रहेको जनाइएको छ । कटहरीका ७ वटा वडाहरुमा जम्मा १९ वटा विद्यालयहरु रहेका छन । ति मध्ये ३ वटा माध्यमिक विद्यालय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *