भोजपुर, २३ जेठ । सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/०८१ का लागि ल्याएको बजेट भाषणमा सामुदायिक विद्यालयका कर्मचारीको मागलाई सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले भोजपुरमा पनि आन्दोलन सुरु गरेको छ । नेपाल सरकारले ल्याएको बजेट भाषणमा बिद्यालयका कर्मचारी तथा सहयोगीहरुका मागहरु कुनै पनि सम्बोधन नगरेकाले परिषदको निर्णय अनुसार भोजपुरमा रहेको शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना कार्यक्रम सुरु गरिएको परिषदका भोजपुर अध्यक्ष उषा राईले बताउनुभयो । सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीहरुको माग पुरा गर्न सरकारले चासो नदिएको कारण विरोध स्वरुप धर्ना लगायतका आन्दोलन सुरु गर्नु परेको परिषदका जिल्ला सचिव बिशान्त कुमार हलवाईले बताउनुभयो ।