Saturday, January 18, 2025
Home > मुख्य समाचार > ‘नेपालले पनि ग्रेटर नेपालको नक्शा बनाउँछ’- महामन्त्री थापा

‘नेपालले पनि ग्रेटर नेपालको नक्शा बनाउँछ’- महामन्त्री थापा

विराटनगर, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतले नेपाली भूमि फिर्ता गर्नु पर्ने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै भारतले नेपाललाई फिर्ता गर्नु पर्ने बताउनुभयो ।  ‘लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन’, महामन्त्री थापाले भन्नुभयो, ‘यसका निम्ति कुनै विकल्पबारे नेपालले सोच्दैन, सोच्नु पनि हुन्न ।’ नेता थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताउनुभयो ।

अखण्ड भारतको नक्साबारे सोधिएको प्रश्नमा उहाँले यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो भन्ने हक राख्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताउनुभयो । कुनै बेलामा नेपालको सीमा पनि धेरै बदलिएको भन्दै  , ‘यदि कुनै देशले मेरो यथार्थ नक्सा फरक छ’, महामन्त्री थापाले भन्नुभयो, ‘सांस्कृतिक नक्सा फरक छ भन्ने विचार राख्छ भने नेपालको पनि यथार्थ नक्सा यो छ, सांस्कृतिक नक्सा योभन्दा विशाल छ भन्ने हक प्रयोग गर्छ ।’ त्यो बेला भारतले पनि सहजतापूर्वक लिनुपर्ने महामन्त्री थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *