Saturday, January 18, 2025
Home > खेलकुद समाचार > नेदरल्याण्ड्ससँग नेपाल पराजित हुँदा विश्वकपको सपना अपुरो

नेदरल्याण्ड्ससँग नेपाल पराजित हुँदा विश्वकपको सपना अपुरो

काठमाडौं, ९ असार । जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा यो पटकलाई अपुरो भएको छ । नेदरल्यान्ड्सलाई पराजित गर्दा सुपर सिक्स पुग्ने भएपनि नेपालले आजको खेल हारेसँगै समूह चरणबाटै बाहिरिएको हो ।

टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै सुपर सिक्समा स्थान पक्का गर्याे । नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ डोवाडले सर्वाधिक ९० रनको इनिङ खेले । नेपालको बलिङमा सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिए । यसअघि, नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे । कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन जोडे । नेपाललाई हराएसँगै समूह ए बाट नेदरल्यान्ड्ससँगै वेस्ट इन्डिज र जिम्बाबे सुपर सिक्समा पुगेका छन् । भने, समूह बी बाट श्रृलंका, स्कटल्यान्ड र ओमान सुपर सिक्समा पुगेका छन् । विश्वकप छनोटको पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा जिम्बाबेसँग १ सय १ रनको हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *