Saturday, January 18, 2025
Home > आर्थिक समाचार > नीति तथा कार्यक्रम पूनर्लेखन गर्न राप्रपा अध्यक्ष लिङदेनको माग

नीति तथा कार्यक्रम पूनर्लेखन गर्न राप्रपा अध्यक्ष लिङदेनको माग

काठमाडौं, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताउनु भएको छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उहाँको तर्क थियो । आज प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको दावी गर्नु भयो ।

उहाँले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने जिकीर गर्नु भयो । देश नै विग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने अध्यक्ष लिङदेनले बताउनु भयो । अध्यक्ष लिङदेनले जुनयुद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरमाउन पनि सरकारलाई सचेत गराउनु भयो । देशको जीवनमा फरक पार्ने, जनताको जीवनमा फरक पार्ने के त्यस्तो कार्यक्रम आयो ? भनि उहाँले सरकारलाई प्रश्न पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *