Thursday, November 21, 2024
Home > मुख्य समाचार > नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत

नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत

विराटनगर, ३० जेठ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१ को वार्षीक नीति तथा कार्यक्रममाथि छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको छ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१को कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रबक्ता भक्तिप्रसाद सिटौलाले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यस्तै कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सभाको चालु अधिवेशनमा जेठ ३१ गते दिउँसो एक बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने र कोशी प्रदेश सभालाई प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गर्न प्रदेश सभालाई निर्देशन दिने निर्णय गरेको सिटौलाले जानकारी दिनुभयो । प्रदेश सभाको बैठक भोली बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *