Saturday, January 18, 2025
Home > मुख्य समाचार > निस्वार्थ भावले काम गर्न सामजिक संघसंस्थालाई सभामुख घिमिरेको आग्रह

निस्वार्थ भावले काम गर्न सामजिक संघसंस्थालाई सभामुख घिमिरेको आग्रह

काठमाडौं, २० जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्नु भएको छ । सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसावले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो । फोकस नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भौतिक रुपमा नेपाल गरिवीको चपेटामा रहेको भएपनि भाषा, कला र संस्कृतिको हिसावले समुन्नत रहेको पनि स्मरण गराउनुभयो ।

समाज सेवालाई महान कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने बताउनु भयो । सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि बताउनु भयो । उहाँले भौगोलिक हिसावले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदूपयोग गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *