Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > निर्वाचन व्यवस्थापन मस्यौदा चाडै पारित गर्न दवाव आवश्यक : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन व्यवस्थापन मस्यौदा चाडै पारित गर्न दवाव आवश्यक : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, ११ भदौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ ।

आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुनेगरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको बताउनुभएको हो । आज निर्वाचन आयोगले काठमाडौंमा गरेको छलफलमा उहाँले सो विधेयकको मस्यौदामाथि आम बहसको विषय बनाउनका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गर्न सञ्चारकर्मीसहित सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन व्यवस्थापनसम्बन्धि सो कानूनको मस्यौदा सरकारले छिट्टै संसदमा पेस गर्ने विश्वास व्यक्त गर्दै सो मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने जिकिर समेत गर्नुभयो ।

मस्यौदामा भोट हाल्दिन भन्ने नागरिकको अधिकारलाई पनि सुनिश्चित हुनेगरी मतपत्रमै भोट हाल्दिन भन्ने संकेतसहितको चुनाव चिन्ह पनि समावेश गर्ने प्रश्ताव गरिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनु भयो । उहाँले ५० प्रतिशत भन्दा बढि मतदाताले कुनै उम्मेदवारलाई मत हाल्दिन भन्ने चिन्हमा मत हाले उसको उम्मेदवारी स्वतहः रद्द हुने व्यवस्था पनि सो मस्यौदामा उल्लेख गरिएको र त्यो प्रावधान निर्वाचन सुधारका लागि कोशेढुंगो सावित हुने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *