Saturday, January 18, 2025
Home > मुख्य समाचार > नागरिकता विधेयक निष्कृय नगरेसम्म संसद चल्दैन : प्रमुख सचेतक गिरी

नागरिकता विधेयक निष्कृय नगरेसम्म संसद चल्दैन : प्रमुख सचेतक गिरी

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक निष्क्रिय राखि संसदमा सो सम्बन्धि नयाँ विधेयक सरकारले पेश नगरेसम्म सदन चल्न नदिने बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले असंवैधानिक ढंगले राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरेकाले आफूहरुले त्यसलाई स्विकार गरेर अघि बढन सक्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले विदेशी प्रभुहरुलाई रिझाउनका लागि विधेयकहरु प्रमाणिकरण गर्ने काम गरिएको भन्दै आपत्ति समेत जनाउनु भयो । प्रमुख सचेतक गिरीले नागरिकता विधेयकलाई संसदबाट एक हप्ता भित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीहरुलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने समेत बताउनु भयो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *