Saturday, January 18, 2025
Home > मुख्य समाचार > नक्शाको विषयमा भारतलाई कुटनीतिक नोट पठाउन महासंघको माग

नक्शाको विषयमा भारतलाई कुटनीतिक नोट पठाउन महासंघको माग

काठमाडौं, २८ जेठ ।  पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्शा राखेको सम्बन्धमा कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ । भारत सरकारले नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति आपत्ति जनाउँदै कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो । साथै महासंघले विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धी सम्झौता नेपालको हीत अनुरुप लागू गर्न सरकारसँग माग गरेको छ । आज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै पेशागत महासंघ नेपालका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताउनु भयो ।

उहाँले आम श्रमीकका माग सम्बोधनका लागि उच्चस्तरी श्रम आयोग गठन गर्नपनि माग गर्नुभयो । कर्मचारीहरुले पाइरहेको कुनैपनि सेवा सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । उहाँले संघीय निजामति सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐनहरु चाँडो भन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताउनु भयो । महासंघले उच्चस्तरीय तलव सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुविधा लागू गर्न सरकारसँग माग गरेको छ । सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरुको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा बिस्तार गर्न पनि ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *