Saturday, January 18, 2025
Home > आर्थिक समाचार > दूधमा बढेको मूल्य किसानले पाउन सकेनन्

दूधमा बढेको मूल्य किसानले पाउन सकेनन्

विराटनगर, २ असार । सरकारले पटकपटक दूधको मुल्य बृद्धि गरेपनि असली कृषकले भने बढे अनुसार मुल्य पाएको छैनन् । किसानहरुले लागतअनुसार दूधको मुल्य नपाएको गुनासो गरेका छन् भने कतिपयलाई दूधको मुल्य बढेको समेत जानकारी छैन् ।

यतिबेला बजारमा दूुधको मुल्य १ सय रुपैयाँको हाराहारीमा छ । उपभोक्ताले डीडीसीलगायत अन्य प्याकेटको दूध प्रतिलिटर एक सय रुपैयाँमा खरिद गर्ने गरेका छन् । दूध महँगो हुँदा उत्पादन गर्ने कृषकलाई लाभ पुगेको देखिन्छ । तर यथार्थमा त्यस्तो छैन । उपभोक्ताले तिरेको मोटो रकम कृषकलाई नभई विचौलियाको खल्तीमा जाने गरेको छ । एकातिर सरकारले दुधको मुल्य प्रतिलिटर १ सय निर्धारण गरेको छ भने असली पशुपालक कृषकले भने दुध प्रति लिटर ६० देखी ६५ रुपैयाँ प्रतिलिटरका दरले बेच्ने गरेका छन् । मोरङको जहदाका किसान किसन यादव दूधको मूल्य नपाएको गुनासो गर्नुहुन्छ । उहाँ जस्तै जहदाकै किसान संजय सहनीपनि बढेअनुसारको मुल्य आफूले नपाएको बताउनुहुन्छ । यता विराटनगर ५ मा चिया पसल सञ्चालन गर्दै आउनुभएकी शोभा केसीेले डीडीसीको दूध महँगो भएर लिन छोडेको बताउनुहुन्छ । उहाँले दैनिक ७ लिटर दूध खपत गर्ने गरेको भन्दै अहिले सोझै दहियारबाट दूध लिन थालेको बताउनुहुन्छ । सरकारले दूधको मुल्य बढाउँदा असली कृषक र उपभोक्ता दुवै मारमा परेका छन् ।

सरकारी अनुदान भने कृषि सहकारीका नाममा खुलेका बिचौलियाले लिने गरेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपन्छी विकास माहाशाखा प्रमुख दीपा दियाली निजी वितरक संस्थानहरुलाई विकास र आधुनिकिकरणका लागि करोडौ अनुदान दिदै आएको बताउनु हुन्छ । दूग्द्य विकास बोर्डले कृषकलाई भनेर दुधको मुल्य वृद्धि गरेपनि विचौलियाका कारण असलीे कृषकले दुधको मुल्य नपाएको र उपभेक्ता भने महँगीको मारमा पर्नु परेको उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *