Saturday, November 23, 2024
Home > मुख्य समाचार > दाहालसँग प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार छैन : एमाले

दाहालसँग प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार छैन : एमाले

काठमाडौं, २० असार । नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ । आज बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताउनुभएको हो । उहाँले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसावले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको बिरोधमा एमाले संसदमा कडा ढंगले प्रस्तुत हुनेपनि स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *