Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > दलहरुले गरेको गल्तीको समिक्षा आवश्यक : मन्त्री शर्मा

दलहरुले गरेको गल्तीको समिक्षा आवश्यक : मन्त्री शर्मा

काठमाडौं, १४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले दिएको अधिकार समयमा नै नागरिक समक्ष पु¥याउन नसकिएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा भएका व्यवस्था लक्षित समुदायले थाहा नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले कानून लक्षित समुदायमा समयमा नै पु¥याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखि बलात्कारको मुद्दामा पर्नेहरुको संख्या बढी रहेको बताउनु भयो । उहाँले पैतृक सम्पतीको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पु¥याउन नसकिएको बताउनु भयो ।

मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताउनु भयो । मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरु उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धीको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताउनु भयो । उहाँले सञ्चारमाध्यमहरुमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिष्पर्धा हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *