Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > तीन महिने अभियान पार्टीको अन्तिम परीक्षा : प्रवक्ता सापकोटा

तीन महिने अभियान पार्टीको अन्तिम परीक्षा : प्रवक्ता सापकोटा

काठमाडौं, २४ साउन । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि शुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ ।

आज पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकार बिच भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको हो । उहाँले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी –शिशेष रुपान्तरण अभियान’ शुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताउनु भयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालले सातवटा प्रदेशका सात वटा वडा जिम्मा लिने र अन्य सबै नेताहरुले समेत वडा जिम्मा लिने भन्दै उहाँले सबै नेताहरु परिक्षामा सामेल हुने बताउनु भयो । उहाँले यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै सामुहिक रुपमा उत्तिर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निस्कर्षमा पु¥याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालप्रतिवद्ध रहेको बताउनु भयो । उहाँले ठिक ढंगले अनुसन्धान गर्नका लागि सिआइबिलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो । उहाँले अनुसन्धान प्रक्रियामा कुनैप्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडी बढ्ने स्पष्ट पार्नुभयो । तथ्य र प्रमाणले दोषि देखिएकाहरुलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रवक्ता सापकोटाले जनता महंगिको मारमा परेको भएपनि महंगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताउनु भयो । उहाँले बजार अनुगमन गरी बद्मासी गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताले खेप्नु परेको महंगिको मारको सम्बन्धमा पार्टीको आगामी पदाधिकारी बैठकमा आफूले कुरा उठाउने पनि बताउनु भयो ।

उहाँले देशका युवाहरु विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरु नै विदेशिएका बताउनु भयो । उहाँले युवाहरु विदेशिने खतराको विषय भउको भन्दै यो विषयलाई राष्ट्रले प्राथमिक एजेण्डा बनाउनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने र रोजगारी सिर्जनागरी जनताको जीवनस्तर उठाउने कुरामा ध्यान पु¥याएर समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *