बुद्धशान्ति, ८ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका ३ मा एउटा जंगली हात्ती मृत फेला परेको छ ।
साबिक बुधबारे गाविस ८ शितलचोकका खेतमा हात्ती मृत फेला परेको हो । करिव २५ वर्षको पोथी हात्तीको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला डिजीभन वन कार्यालय झापाले जनाएको छ । हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पुबाट टोली बोलाइएको वन कार्यालयका अधिकृत जीवन पाठकले बताउनुभयो । यो सहित यस वर्षमात्र झापामा विद्युतीय धरापमा परेर दुई वटा हात्तीको मृत्यु भइसकेको छ ।