Thursday, November 21, 2024
Home > मुख्य समाचार > जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु

जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु

काठमाडौं, २२ असोज । जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु भएको छ ।

आज बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताउनुभएको हो । उहाँले पारिवारिक इजलासले महिलावादी मुदद, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्न आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्ध बिच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *