Saturday, January 18, 2025
Home > मुख्य समाचार > जहदा निर्माण सम्पन्न नहुँदै भत्कियो सडकको कालेपत्रे

जहदा निर्माण सम्पन्न नहुँदै भत्कियो सडकको कालेपत्रे

विराटनगर, ११ जेठ । विकास निर्माणमा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाहरण हेर्न टाढा जानु पर्दैन । मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोलमा निर्माण गरिएको सडकलाई हेर्दा पुग्छ । सडक कालोपत्रे गरेको एक हप्ता नबित्दै भत्किएको छ । गाउँपालिकाको योजनामा निर्माण गरिएको कालोपत्रे उक्किएपछि गिट्टी छरपस्ट भएको छ । जहदा गाउँपालिका–७ स्थित महादेवकोलको गत हप्ता मात्र ९ सय ७६ मिटर कालोपत्रे एक हप्ता नबित्दै भत्किएको छ ।

जहदा गाउँपालिकको योजनामा निर्माण गरिएको कालोपत्रे सडकको अवस्था यतिखेर गिट्टी र बालुवामा सीमित हुन पुगेको छ । सरकारी कर्मचारी र ठेकेदारबीचको मिलेमतोमा कालोपत्रे गर्दा कमसल सामग्री प्रयोग गरिएका कारण एक हप्ता नपुग्दै भत्किएको स्थानीयको आरोप छ । कालोपत्रे निर्माण गर्न खटिएका कर्मचारी ठेकेदारलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् । जनताले तिरेको करबाट निर्माण गरिएको सडकको बजेट बालुवामा पानी खन्याए सरह भएको अर्का स्थानीय भानु श्रेष्ठ बताउनुहुन्छ । ठेकेदारले पालिकालाई थाहै नदिइ रातिको समयमा काम गरेको उहाँको भनाइ छ ।

यो सडकबाट दैनिक एक हजारभन्दा बढी मानिस विराटनगर आवतजावत गर्छन् । महादेवकोल सडक निर्माणका लागि साह निर्माण सेवा कन्ट्रक्सन सुनसरीले आर्थिक वर्ष २०७७÷०७८ मा ठेका पाएको थियो । यो कालोपत्रे सडक निर्माण गर्न ठेकेदारले लापरवाही गरेको पालिकाका इन्जिनियर पशुपति यादवले स्वीकार्नुभयो । ठेकेदारलाई ततकाल कारवाही गर्ने र उनले पाउने भुत्तानी समेत रोक्ने उहाँले दावी गर्नुभयो । कालोपत्रे गरेको सडक ८ देखि १० वर्षसम्म टिक्ने उहाँले दाबी गर्दै आईरहनुभएको थियो । कालोपत्रे निर्माण गर्न २ करोड ८ लाख ३२ हजार ७ सय ९७ नब्बे रुपैयाँ रकम मध्ये ५० प्रतिशत रकम निकासा भइसकेको र बाँकी रकम पुनः कालोपत्रे नगरेसम्म नदिने यादवले प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *